सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-१० मा निःशुल्क दन्त शिविर सञ्चालन, १०२ जनाले लिए सेवा

२०८२ मंसिर ४, ०७:१५ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका १० नं. वडा कार्यालय र कञ्चन डेन्टल केयरको  सहकार्यमा निःशुल्क दन्त स्वास्थ्य शिविर तथा दन्त–स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको छ। 

कञ्चन डेन्टल केयरका डेन्टल सर्जन डा. विवेक झाका अनुसार आज विहीबार शहरी सवास्थ्य केन्द्र घुइयाँघाटमा विहान १० बजेदेखि शिविर सञ्चालन भएको थियो। 

कार्यक्रममा सहभागीले दन्त परीक्षण, आवश्यक परामर्श तथा मौखिक स्वास्थ्यसम्बन्धी निःशुल्क सेवा लिएका थिए। आयोजकले समुदायमा दन्त समस्या बढ्दै गएको र प्रारम्भिक उपचार तथा सचेतना अभाव देखिएकाले स्थानीय बासिन्दालाई लक्षित गरी यस्तो कार्यक्रम ल्याइएको जनाएको छ। उक्त शिविरबाट १०२ जनाले सेवा लिएका डा.झाले बताएका छन्। 

शिविरमा दन्त विशेषज्ञहरूबाट निःशुल्क रुपमा सेवन लिन पाउँदा खुसी व्यक्त गर्दै आयोजकलाई धन्यवाद ज्ञापन गरेका छन् । शिविरको व्यवस्थापन धनगढी अस्पताल लाईनमा रहेको कञ्चन डेन्टल केयरले गरेको थियो। 

कमेन्ट लोड गर्नुस