बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डाक्टर मन्दिप पाठक नियुक्त
धनगढीः अछामस्थित बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डाक्टर मन्दिप पाठक नियुक्त भएका छन्। सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बयालपाटा अस्पताल सञ्चालन तथा व्यवस्थापन (गठन) आदेश, २०८२ अनुसार तीन वर्षका लागि पाठकलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
काभ्रेपलाञ्चोक, धुलिखेल–११ का स्थायी बासिन्दा डाक्टर पाठक विगत १० वर्षदेखि बयालपाटा अस्पतालमा कार्यरत रहेका छन्। कार्यकारी निर्देशक नियुक्त नभएसम्मका लागि अस्पताल प्रमुखको जिम्मेवारी एमडिजिपी तथा इमरजेन्सी मेडिसिन विशेषज्ञ डाक्टर जगदीश जोशीलाई दिइएको थियो।
प्रदेश सरकारले भदौ १ गतेदेखि बयालपाटा अस्पताल आफ्नो मातहतमा ल्याएर सञ्चालनमा अघि बढाएको हो। यसअघि लामो समय न्याय हेल्थ नेपालले सञ्चालन गर्दै आएको अस्पताललाई प्रदेश सरकारले गठन आदेशमार्फत पुनः व्यवस्थापन गर्दै सञ्चालनमा ल्याएको हो।