बारामा स्थानीय प्रशासनद्वारा ‘कर्फ्यु ’ जारी
बाराः बाराको सिमरामा जेन्जीले प्रदर्शन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले ‘कर्फ्यु ’आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अप्रिय घटना नघटोस् भनेर कफ्र्यु आदेश जारी गरिएको जानकारी दिए। नेकपा (एमाले) समर्थित नेता तथा कार्यकर्ता र जेन्जीबीच झडप भएपछि बुधबार पनि अप्रिय घटना नघटोस् भन्दै दिउँसो १२ः३० देखि राति ८ बजेसम्म ‘कर्फ्यु ’आदेश जारी गरिएको थियो।
आज पनि बिहानैदेखि सिमरा चोकमा जेन्जीले पुनःप्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालयले दिउँसो १ बजेदेखि राति ८ बजेसम्म ‘कर्फ्यु ’लगाएको हो। प्रजिअ मिश्रले जेन्जीलाई बार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका छन्।