सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

२०७६ साउन २१, ०६:४७ खबर संवाददाता

कैलालीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर ८ लिक्मा स्थित भित्रि सडकमा उत्तरबाट दक्षिण आउँदै गरेको से ४ प ७६११ मोटरसाईकलले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको हो। सोही ठाउँका ३९ बर्षीय पैदल यात्री धिमु चौधरीको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको हो।

दुर्घटनामा परि घाईते भएका उनको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि निसर्ग अस्पताल ल्याईएको थियो। निसर्ग अस्पतालले पनि थप उपचारका लागि कोहलपुर रेफर गरेपछि उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। मोटरसाईकल र चाल ६५ बर्षीय जयवहादुर चियाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 

कमेन्ट लोड गर्नुस