बझाङमा रुख काट्ने क्रममा च्यापिँदा एक जनाको मृत्यु
२०८२ मंसिर २, ०३:३५
बझाङ: बझाङमा रुख काट्ने क्रममा च्यापिँदा एक जनाको मृत्यु भएको छ।
खप्तडछान्ना गाउँपालिका–२ रनिगाउँका ५० वर्षीय बने रावलको सोमबार बिहान रुख ढल्दा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
घर नजिकै निम भन्ने स्थानमा रावल सल्लाको रुख काट्दै गर्दा अचानक रुख ढलेर च्यापिएपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
कमेन्ट लोड गर्नुस