सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंलाई ४ दिन म्याद थप
काठमाडौं: मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा थप ४ दिन म्याद बढाइएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।
प्रसाईंले मंसिर ७ गते देशभर आन्दोलन गर्ने घोषणा गर्दै तयारी तीव्र बनाइरहेका थिए। तर सो कार्यक्रमभन्दा पहिले नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार प्रसाईंले सार्वजनिक शान्ति भंग हुने अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको हो। अब उनी कम्तिमा थप ४ दिन प्रहरी हिरासतमा रहनेछन्।