सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनकपुरले काठमाडौँ गोर्खाजलाई १३१ रनको लक्ष्य दियो

२०८२ मंसिर १, ०६:१२ खबर संवाददाता

काठमाडौँः आजदेखि राजधानीमा सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई जितको लागि १३१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निरधारित २० ओभरमा ६ विकेट गुमाएर १३० रनको योगफल बनाएको हो।

जनकपुरको लागि आसिफ शेखले सर्वाधिक ५४ रनको योगदान दिए। उनले ४१ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ५४ रन बनाएका हुन्। यस्तै,  मयन यादवले ३४ तथा लाहिरु समारकूनले २२ रन बनाए। लाहिरु मिलन्था सात रनमा आउट भए।

काठमाडौँ गोर्खाजका लागि मिलिन्द कुमारले तीन विकेट लिए भने सन्तोष यादव, साहब आलम तथा करण केसीले समान एक/एक विकेट लिए।

यसअघि भएको पहिलो संस्करणको खेलमा भने  जनकपुरले काठमाडौँलाई पाँच विकेटले पराजित गरेको थियो। काठमाडौँ अहिले जवाफी ब्याटिङमा उत्रेको छ। 

कमेन्ट लोड गर्नुस