सिंगापुरबाट फर्किए शेरबहादुर देउवा
काठमाडौँ: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। स्वास्थ्य उपचारका लागि पत्नी आरजु राणासहित कात्तिक १० गते सिंगापुर गएका देउवा दम्पती शुक्रबार स्वदेश फर्किएका हुन्।
गत भदौ २४ गते जेन्जी आन्दोलनमा प्रदर्शनकारीको कुटपिटमा देउवा दम्पती घाइते भएका थिए। नेपालमा उपचार गराएपछि उनीहरू असोज २४ गते सार्वजनिक भएका थिए।
काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका देउवाले कार्यवाहकको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएर थप उपचारका लागि सिंगापुर गएका थिए।