सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बुढिगंगा नदीको पुलमाथि पानी

२०७६ साउन २०, १२:०८ खबर संवाददाता

बाढीले बाजुराको त्रिवेणी र बुढीगंगा नगरपालिका जोड्ने झोलुङ्गे पुलमा क्षती पु¥याएपछि आवातजावत गर्न समस्या भएको छ। ग्यराती राती भएको वर्षासंगै आएको बाढीले बगाएर ल्याएका रुखले झोलुङ्गे पुलमा क्षती पुगाएको हो। बाढीसंगै बगेर आएको रुखले पुल नै बाङ्गो गरिदिएपछि आवातजावत बन्द भएको स्थानीय चक्र अयडीले बताए।

तापडी सेरा बजार आवत–जावतमा समस्या भएका उनले बताए। त्रिवेणी नगरपालिकाका स्थानीय दैनिक उपभोग्य वस्तु किन्न तापडी सेरा बजार जाने गरेका छन् तर बाढीपछि पुलमा पुगेको क्षतीका कारण आवातजावत नै रोकिएको छ।  गत  वर्षको वर्षातमा पनि पुलमा नदीको बाढीका कारण क्षती भएको थियो। त्रिवेणी नगरपालिकाका उप–मेयर राधिका देवि सुनारले गत वर्ष देखि पुल जोखिममा रहेको बताइन्। उनले पुल मर्मतका बारेमा नगरपालिकाका पदाधिकारीसंग छलफल गर्ने बताइन्। 

कमेन्ट लोड गर्नुस