सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कामू प्रमुख सचिवको जिम्मेवारी वैकुण्ठ अर्याललाई

२०८२ कार्तिक २६, ०४:०२ खबर संवाददाता

काठमाडौं: सरकारले पाँच जना सचिवको सरुवा गरेको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका प्रमुख सचिवको जिम्मेवारीमा रहेका सचिवको सरुवा गरेको हो।

लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीलाई बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ भने त्यहाँ कार्यरत भूपाल बराललाई अर्थ मन्त्रालयको राजश्व सचिवमा सरुवा गरिएको छ।

सचिवमा बढुवा भएर लामो समयदेखि पदस्थापन हुन बाँकी रहेका अतिरिक्त सचिव कृष्णप्रसाद काप्रीलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ। त्यस्तै, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव कमल पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा (अतिरिक्त) सचिवमा सरुवा गरिएको छ।

सचिव बढुवाको मुखैमा पुगेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याललाई सुदूरपश्चिम प्रदेशको कायम मुकायम (कामु) प्रमुख सचिवको जिम्मेवारी दिइएको छ।
 

कमेन्ट लोड गर्नुस