धनगढीमा गोवर ग्याँस जडान गर्ने किसानलाई अनुदान रकम हस्तान्तरण
धनगढी उप–महानगरपालिकाले गोवर ग्याँस प्लान्ट निर्माण गर्ने किसानहरुलाई नगद अनुदान उपलब्ध गरेको छ। धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले आईतबार वडा नम्वर १९ का १६ जना किसानहरुलाई अनुदान रकम हस्तान्तरण गरेका हुन्। धनगढी उप–महानगरपालिकाले घरमा गोवर ग्याँस प्लान्ट निर्माण गर्ने ब्यक्तिलाई २० हजार रुपियाँ अनुदान दिएको थियो।
गोवर ग्याँस निर्माण गर्ने कार्यलाई प्रवद्र्धन गर्नका लागि नेपाल सरकारले उपलब्ध गराउने अनुदान रकममा उप–महानगरपालिकाले प्रतिघर २० हजार थप अनुदान दिने गरेको मेयर वडले बताए। नेपाल सरकार उर्जा मन्त्रालयको बैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रले गोवर ग्याँस प्लान्ट निर्माण गर्ने घरलाई २१ हजार ६ सय अनुदान उपलब्ध गराउँदै आएको छ। धनगढी उप–महानगरपालिकाको अनुदानबाट आर्थिक बर्ष २०७५÷०७६ मा ५१ परिवारले गोवर ग्याँस प्लान्ट निर्माण गरेको दावी गरिएको छ।