दार्चुला केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युटको भूकम्प
२०८२ कार्तिक २४, ०४:११
दार्चुला: दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ। दार्चुलाको गोकुलेश्वर भूकम्पको केन्द्रबिन्दु रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
दिउँसो २ बजेर ४३ मिनेटमा ३ दशमलव ५ म्याग्निच्युटको भूकम्प गएको जानकारी दिइएको छ। भूकम्पको धक्का छिमेकी जिल्ला बैतडी र बझाङसम्म पनि महसुस भएको थियो।
हालसम्म क्षतिको विवरण प्राप्त भएको छैन।
कमेन्ट लोड गर्नुस