सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कपडा संकलन र वितरणमा सहयोग गर्न आग्रह

२०७६ साउन १९, ०६:३० खबर संवाददाता

धनगढीमा कपडा संकलन र वितरण केन्द्र सञ्चालन गर्दै आएका यूवाहरुले पवित्र अभियानमा सहयोग गर्न आग्रह गरेका छन्। आईतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सहयोगको लागि आग्रह गरेका हुन। धनगढीका युवाहरु गजेन्द्र शाही, सूर्य विक्रम भट्ट, देवेन्द्र जोशी लगायतका युवाहरूले सञ्चालन गरेको रोयल कोल्याब्रेटिक्स प्रालिमार्फत कपडा संकलन र वितरण केन्द्र सञ्चालनमा ल्याइएको थियो। 

पत्रकार सम्मेलनमा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले लगाउन छोडेर थन्क्याएका लत्ताकपडा, खेलौना, जुत्ता चप्पल लगायतका सामानहरु उपलब्ध गरेर यूवाहरुको अभियानलाई सहयोग गर्न आग्रह गरे। धनगढी उप–महानगरपालिकाको सौजन्यमा रोयल कोल्याब्रेटिक्स प्रालिले नगरका २० वटा स्थानमा लुगा संकलन बक्स राखेको जनाएको छ। 

कपडा वितरण र संकलन केन्द्रले असहाय, अशक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसम अनुसारका कपडा उपलब्ध गराउन मद्दत पुग्ने रोयल कोल्याब्रेटिक्स प्रालिका अध्यक्ष गजेन्द्र शाहीले बताए।
 

कमेन्ट लोड गर्नुस