सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल जेनजी फ्रन्टले सात प्रदेश सम्पर्क व्यक्ति चयन, सुदूरपश्चिम सम्पर्क व्यक्तिमा बिष्ट

२०८२ कार्तिक २३, ०४:३३ खबर संवाददाता

काठमाडौंः रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले आफ्ना तीन केन्द्रीय विभागीय सदस्य र सातै प्रदेशका सम्पर्क व्यक्तिहरूको चयन गरेको छ।

विभागीय सदस्यमा रितु खड्का जनसम्पर्क समितिको सदस्य, अमृता बन अभियान समितिको सदस्य, र संविधान प्रसाई सूचना प्रविधि समितिको सदस्य बनेकी छन्।

साथै फ्रन्टले सातवटै प्रदेशका सम्पर्क व्यक्तिहरू पनि तोकेको छ। कोशी प्रदेशबाट रोहन दंगाल, मधेश प्रदेशबाट नजरे आलम, बागमती प्रदेशबाट सचिन चापागाई, गण्डकी प्रदेशबाट साबिज मिया, लुम्बिनी प्रदेशबाट सौरभ न्यौपाने, कर्णाली प्रदेशबाट बनिता बोगटी, र सुदूरपश्चिम प्रदेशबाट नवीन बिष्ट चयन भएका छन्।
 

कमेन्ट लोड गर्नुस