सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट भन्सार छली सामान ल्याउँदै गरेका तीनजना धनगढीमा पक्राउ

२०७६ साउन १९, ०२:३९ खबर संवाददाता

भारतबाट चोरी पैठारी गरी विभिन्न सामान ल्याउँदै गरेको तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर १५ बेलीबाट भन्सार छली ५६ हजार आठ सय बराबरको सामान ल्याउँदै गरेको अवस्थामा तीनजनालाई पक्राउ गरिएको जनाएको छ।

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका वडा नम्बर १८ बस्ने लाल बहादुर चौधरी, टीकाराम चौधरी र सोही ठाउँका शागर चौधरी रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए। उनीहरुबाट दुई हजार पाँच सय मूल्य बराबरका पाँच वटा गम्छा, ११ हजार दुई सय बराबरका २८ थान सुट पिस, साईकल, अन्य फेन्सी कपडा समेत गरी उनीहरुबाट ५६ हजार आठ सय बराबरको सामान बरामद गरिएको उनले बताए। थप अनुसन्धानका लागि बरामद गरिएको सामान सहित कैलाली भन्सार कार्यालयको जिम्मा लगाईएको छ। 

कमेन्ट लोड गर्नुस