सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट ६ लाख ७७ हजारको भन्सार छलीका सामान बरामद

२०८२ कार्तिक २१, ०७:४६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट ६ लाख ७७ हजारको भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको बिभिन्न स्थान भीमदत्त नगरपालिका–४ बसपार्क, भीमदत्त नगरपालिका–१० सुकासाल र भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ६ लाख ७७ हजार १५० बराबरको सामान बरामद गरिएको हो।

भन्सार छलीका चिनी, सुर्ती, दाल, मिठाई, बिभिन्न किसिमका कपडा, हार्डवेयर, मोटरसाइकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ।

कमेन्ट लोड गर्नुस