सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृर्ते मुद्दामा फरार डोटीका एक जना पक्राउ

२०८२ कार्तिक २१, ०७:२८ खबर संवाददाता

डोटीः कृर्ते मुद्दामा फरार डोटीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत हुम्लाको फैसलाले लिखत कृर्ते मुद्दामा ३ महिना १७ दिन कैद सजाय र ४ हजार जरीवाना तोकिएपछि फरार रहेका डोटीको जोरायल गाउँपालिका–२ बुडर बस्ने ३८ वर्षीय सोनाम थापा पक्राउ परेका हुन्। थापालाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले बिहीवार दिपायल सिलगढी नगरपालिका–६ सिलगढीबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस