सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईसीसी टी-२०आई अलराउन्डर वरीयता : दीपेन्द्र छैटौंमा झरे

२०८२ कार्तिक १९, ०४:१० खबर संवाददाता

धनगढीः नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२०आई अलराउण्डर वरियतामा छैटौं स्थानमा झरेका छन्।

आईसीसीले सोमबारसम्मको अपडेट राखी बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र छैटौंमा झरेका हुन् । नेपालले पछिल्लो समय कुनै टी–२०आई खेलेको छैन । अन्य खेलाडीको वरीयता फेरबदल हुँदा दीपेन्द्र खस्किएका हुन् ।

यद्यपी दीपेन्द्रको रेटिङ अंक भने घटेको छ । उनको अंक घटेर २०२ भएको हो । अलराउण्डर वरियताको शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब कायमै छन् । दोस्रोमा सिकन्दर राजा, तेस्रोमा वेस्ट इन्डिजका रस्टन चेज उक्लँदा भारतका हार्दिक पान्ड्या चौथोमा र अफगानिस्तानका मोहम्मद नाबी पाँचौंमा झरेका छन् । कुशल भुर्तेल अलराउन्डर वरीयतामा २५औं स्थानमा छन् ।

 


 

कमेन्ट लोड गर्नुस