सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनार्दन शर्माले माओवादी छाडेर ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरे

२०८२ कार्तिक १८, ०४:१७ खबर संवाददाता

काठमाडौं: नेकपा माओवादी केन्द्र विभाजित भएको छ, पार्टीका पूर्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, र पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखे सहितका नेताहरुले माओवादी पार्टी परित्याग गर्दै नयाँ राजनीतिक अभियान सुरु गरेका छन्।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनार्दन शर्माले ’प्रगतिशील अभियान, नेपाल’ नामको नयाँ अभियानको घोषणा गरे। उनले माओवादी नेतृत्वमा रहेको दशवर्षे संघर्ष र पछिल्लो जेनजी आन्दोलनका माग र भावना विपरीत पार्टी र नेतृत्व अघि बढेको आरोप लगाउँदै एकता प्रक्रियाबाट बाहिरिएको बताएका छन्।

शर्माले आफूहरू पनि विगतका नेतृत्वका खराब आचरण र क्रियाकलापमा संलग्न रहेको आत्मालोचना गर्दै अब नयाँ दिशामा अघि बढ्ने निर्णय लिएको बताएका छन्। उनले भने, “विगतका हाम्रा कमजोरीलाई स्वीकार गर्दै नयाँ अभियानको साथ हामी अघि बढ्छौं।“

प्रगतिशील अभियानको घोषणासँगै शर्मा र उनका सहयात्रीहरू एकीकृत समाजवादी आन्दोलनका लागि विभिन्न वाम र प्रगतिशील शक्तिहरूलाई एकत्रित गर्ने प्रयासमा जुट्ने बताएका छन्।
 

कमेन्ट लोड गर्नुस