सेयर बजारका सबै सूचक झरे
काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को परिसूचक फेरि २६ सयभन्दा तल झरेको छ। मंगलबार, नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.६४ अंक घटेर २५९५ मा कायम भएको छ।
कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ६ अर्ब ५ करोडको कारोबार भएकोमा आज ५ अर्ब १५ करोडको कारोबार भएको छ। ३३ कम्पनीको मूल्य बढ्दा भने २१३ कम्पनीको मूल्य घट्यो र ३ कम्पनीको मूल्य स्थिर रह्यो।
आज सबै समूहका सूचक घटेका छन्। फाइनान्स समूह सबैभन्दा धेरै २.२१ प्रतिशत घटेको छ। बैंकिङ ०.६६, विकास बैंक १.४७, होटल तथा पर्यटन ०.९३, हाइड्रोपावर १.२१, लगानी ०.८७, जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन ०.९१, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा १.२१, अन्य १.८१ तथा व्यापार ०.११ प्रतिशत घटेका छन्।
आज कारोबार भएका कम्पनीहरू मध्ये माबिलुङ इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो, जसका कारण कम्पनीको मूल्य ३४९.४० रुपैयाँ पुगेको छ। त्यसैगरी, फस्र्ट माइक्रोफाइनान्सको मूल्य ९.२०, विन्ध्यबासिनी हाइड्रोपावरको ६.३८, सम्पदा लघुवित्तको ५.५४ र अभियान लघुवित्तको ५.०१ प्रतिशत घटेको छ।
मुक्तिनाथ कृषि कम्पनीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घटेको छ। त्यस्तै, एक्सल डेभलपमेन्ट बैंकको ७.०९ र पन्चकन्या माइ हाइड्रोपावरको ५.३१ प्रतिशत घटेको छ।
रकमका आधारमा आज धेरै कारोबार भएका पाँच कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, युनियन हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी र शिवम् सिमेन्ट रहेका छन्।