सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको साँफेबगरमा आगलागी हुँदा ७ टहरा जलेर नष्ट

२०८२ कार्तिक १६, ११:३५ खबर संवाददाता

धनगढी: अछामको साँफेबगरमा आगलागी हुँदा ७ टहरा जलेर नष्ट भएका छन । शनिबार राती भएको आगलागीबाट साँफे हाटबजार रहेका ७ टहरा जलेर नष्ट भएका हुन ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले आगो डेढ घण्टामा नियन्त्रणमा आएको बताए । उनले नजिकै रहेको खोलाबाट कुलो बनाएर पानी ल्याइएको र स्थानीयसमेतको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको बताए ।

साँफे हाटबजारमा यसअघि पनि भीषण आगलागी भएर १० वटा पसल जलेका थिए ।

कमेन्ट लोड गर्नुस