सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज सुनको भाउ २ हजार ७ सय रुपैयाँले बढ्यो

२०८२ कार्तिक १६, ११:३१ खबर संवाददाता

काठमाण्डाै: आज सुनको भाउ बढेको छ। आज सुन दुई हजार सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। अस्ति शुक्रवार सुन तोलाको दुई लाख ३६ हजार तीन सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी २० रुपैयाँले घटेर तोलाको तीन हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तीन हजार ८० रुपैयाँ थियो । 

 

कमेन्ट लोड गर्नुस