सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा परस्त्रीसँग सम्बन्ध राखेको आरोपमा काँग्रेस वडा सभापती पक्राउ

२०७६ साउन १८, ०३:४५ खबर संवाददाता

परस्त्रीसँग अनैतिक सम्बन्ध राखेको आरोपमा अछामका एक जना काँग्रेस नेता पक्राउ परेका छन्। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ६ का काँग्रेस वडा सभापति मोहन रावल पक्राउ परस्त्रीसंग अनैतिक सम्बन्ध राखेको आरोपमा पक्राउ परेका हुन्। ति महिलाले जवरजस्ती करणी गरेको भन्दै ईलाका प्रहरी कार्यालय विनायकमा ठाडो निवेदन र जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि पक्राउ गरेको अछाम प्रहरीले जनाएको छ। उनलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय अछाम पठाईएको ईलाका प्रहरी कार्यालय विनायकले जनाएको छ। 

ती महिलाका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन्। उनीहरु दुईजनाबीच भएको अन्तरंग कुराकानी बाहिरिएपछि यसको रहस्य खुलेको हो। उक्त अडियोमा उनीहरुबीच केहीदिन पहिले शारीरिक सम्बन्ध भएको र केहीदिनपछि फेरि ‘भेट्ने’ सल्लाह भएको भएको छ। चार्जमा लगाएको मोबाइल ती महिलाका देवरले खोलेर हेर्दा अन्तरंग अडियो फेला पारेपछि उक्त अडियो कुराकानी बाहिर आएको बुझिएको छ। 
 

कमेन्ट लोड गर्नुस