कैलालीबाट विप्लव समूहका एक कार्यकर्ता पक्राउ
कैलालीको गौरिगंगा नगरपालिकाको चौमाला क्षेत्रबाट प्रहरीले विप्लव समूहका एक जनालाई फक्राउ गरेको छ। शंकास्पद गतिविधीमा संलग्न रहेको भन्दै प्रहरीले शुक्रबार राती चौमाला क्षेत्रबाट विप्लव समूहका मिडिया एरिया इन्चार्ज नन्द बहादुर बमलाई पक्राउ गरिएको जनाएको छ। कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बमलाई विभिन्न पर्चा पम्प्लेट, केही तार लगायतका वस्तु सहित नियन्त्रण लिईएको पुष्टि गरे। उनलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।