जेन्जी, राजनीतिक दल र सरकारबीच बालुवाटारमा छलफल सुरू
काठमाडौँः प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा जेन्जी, राजनीतिक दल र सरकारबीच त्रिपक्षीय छलफल सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बैठक चलिरहेको छ। निर्वाचनको वातावरण सिर्जना गर्न बनाउन प्रधानमन्त्रीले पहिलो पटक जेन्जी ।र राजनीतिक दलका प्रतिनिधिसँग छलफल थालेकी हुन्।
आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको समग्र वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउने विषय छलफलको कार्यसूचीमा छ। बैठकमा प्रधानमन्त्रीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिल सिन्हा, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदीश खरेल सहभागी छन्।
बैठकमा राजनीतिक दलका तर्फबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह, प्रकाशशरण महत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यस्तै, जेन्जी प्रतिनिधिहरू मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपार्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल र राजन रानामगर सहभागी छन्।