सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा आँखा अस्पतालको बेलौरी आँखा शिविरमा सात सय बढीलाई सेवाप्रदान

२०८२ कार्तिक ११, ०७:३७

धनगढीः कञ्चनपुरको बेलौरीमा आँखा शिविर सम्पन्न भएको छ।

नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र बेलौरी नगरपालिकाको आयोजना तथा जेको फाउण्डेशनको सहयोगमा कात्तिक ८ र ९ गते महाकाली मावि बेलौरीमा संचालित आँखा शिविरमा ७१७ जनाले आँखा  उपचार सेवा लिएका छन्।

जसमध्ये १२३ जनालाई निःशुल्क मोतिविन्दुको अप्रेशन गरि गुमाएको दृष्टि पुनःप्रदान गरिएको तथा ५९४ जनालाई निःशुल्क औषधिउपचार गरि शिविर सम्पन्न गरिएको हो। आर्थिक अभाव तथा सेवा लिन अस्पताल आउन नसकी शिविरको पर्खाईमा रहेका बिरामीहरु मध्ये केहीलामो समयदेखि दृष्टिबिहीन भई कष्टकर जीवननिर्वाह गरि रहेका बिरामीहरु उक्त शिविर संचालन हुदा लाभान्वित भएका छन्।

गेटा आँखा अस्पतालका चीफ मेडिकल डाईरेक्टर डा सुरेश राजन पन्तको नेतृत्वमा संचालित उक्त आँखाशिविरमा बरिष्ठ नेत्र अधिकृत रमेश चन्द्र भट्ट समेत १४ जना प्राविधिकहरुको टोलीले सेवाप्रदान गरेका थिए। उक्त शिविरमा नेपाल नेत्रज्योति संघ कैलालीका पदाधिकारी, महाकाली मावि बेलौरीका शिक्षक र स्वयं सेवक विद्यार्थीहरुले व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएका थिए।

कमेन्ट लोड गर्नुस