सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य तोलाको दुई हजार घट्यो

२०८२ कार्तिक १०, १२:४७ खबर संवाददाता

काठमाडौँः स्थानीय बजारमा सुन चाँदीको मूल्य घटेको छ।

आज सुनको मूल्य प्रतितोला दुई हजारले घटेर  दुई लाख ३९ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला  ३५ रुपैयाँले घटेर दुई हजार ९८० रुपैयाँ रहेको छ। आइतबार नेपाली बजारमा सुन प्रतितोला दुई लाख ४१ हजार ९ सय र चाँदी तीन हजार १५ रुपैयाँमा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

कमेन्ट लोड गर्नुस