सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली नदीमा एक जना वेपत्ता

फाइल फोटो
फाइल फोटो
२०७६ साउन १७, ०६:२० खबर संवाददाता

कर्णाली नदीमा एक जना वेपत्ता भएका छन्। बाजुरा जिल्लाको स्वामिकार्तिक–खापर गाँउपालिका वडा नम्बर ३ का २३ बर्षीय उपेन्द्रबहादुर शाही कर्णालीमा बेपत्ता भएका हुन्। शुक्रबार दिउसो नदीमा नुहाउन गएका शाही वेपत्ता भएका बाजुरा प्रहरीले बताएको छ। वडा नम्बर ३ जुकोट स्थायी घर भएका शाही जगन्नाथ गाँउपालिका वडा नम्बर १ तिलिचौरमा होटल सञ्चालन गर्दै आएका थियो। उनको खोजी कार्य भइरहेको बाजुरा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्यव सिँह भाटले बताए। नदीमा पानीको बहाव बढि भएकाले खोजीकार्यमा समस्या भईरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस