सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको नयाँ दिल्लीबाट बझाङकी महिला सम्पर्कविहीन, परिवारले खोजीमा सहयोगको अपिल

२०८२ कार्तिक ८, १०:०३ खबर संवाददाता

धनगढी: बझाङको थलारा गाउँपालिका–४ ठिङ निवासी ४० वर्षीया शान्तिदेवी जोशी भारतको नयाँ दिल्लीस्थित हरि नगर ई ब्लकबाट अक्टोबर २१ तारेखदेखि सम्पर्कविहीन भएकी छन्।


परिवारका अनुसार शान्तिदेवी जोशी सो दिन दिउँसो करिब ३ बजेपछि सम्पर्कमा नआएको र त्यसपछि उनका मोबाइल फोनहरू समेत बन्द रहेको जानकारी दिएका छन्। उनी केही समयदेखि नयाँ दिल्लीको हरि नगर ई ब्लकमा बस्दै आएकी थिइन्।


जोशीका श्रीमान् चेतराज जोशीले पछिल्लो चार दिनदेखि शान्ति देवीको कुनै समाचार नआएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार आफन्त र साथीहरूका माध्यमबाट खोजी जारी भए पनि हालसम्म कुनै सुराग पाउन सकिएको छैन।


परिवारले शान्ति देवीलाई कसैले देखे वा भेटेमा मोबाइल नम्बर ९२८९३०२२३०, ८८००६८४५९६ र ०७५०३२५६३५३ मा सम्पर्क गर्न आग्रह गरेका छन्।


परिवारले सबै नेपाली दाजुभाइ तथा दिल्लीस्थित समुदायका सदस्यहरूलाई पनि सक्दो सहयोग गरी शान्ति देवी जोशीको खोजी कार्यमा साथ दिन अनुरोध गरेका छन्।

कमेन्ट लोड गर्नुस