सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अज्ञात समूहद्धारा कारमा आगजनी

२०७६ साउन १७, ०९:४९

कैलालीमा अज्ञात समूहले कारमा आगजनी गरेको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ७ लालपुरका तिलकबहादुर शाहीको घर अगाडी पार्किङ गरि राखेको कारमा आगजनी भएको हो। खुल्ला ठाँउमा पार्किङमा राखिएको बा १५ च ४०९९ नम्बरको कारमा आगजनी भएको कैलाली प्रहरीले बताएको छ। 
कारको पछाडीको पुरै भाग जलेको छ। अगाडीको भागमा केही क्षती भएको प्रहरीले जनाएको छ। आगो कस्ले र किन लगायो भन्ने बारेमा अनुसन्धान भइरहेको कैलाली प्रहरी प्रमुख एसपी सुदिप गिरीले बताए। ब्यक्तिगत रिसिबीका कारण घरमा राखेको कारमा आगजनी भएको आशंका गरिएको छ। 

 

कमेन्ट लोड गर्नुस