सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा पहिरोले आमा छोरीको मृत्यु, पाँच जना घाइते

२०७६ साउन १७, ०६:५९ प्रकाश सिंह

बाजुराको गौमुल गाउँपालिका वडा नम्वर ६ बसालामा गयराती पहिरो जाँदा आमा छोरीको मृत्यु भएको छ। पहिरोमा परि अन्य पाँच जना घाइते भएका छन्।  बर्षा सँगै घर भन्दा माथिबाट राती पहिरो आएपछि ३० बर्षकी निरुता चदाँरा र उनकी ६ बर्षीय छोरी किश्मती चदाराको मृत्यु भएको स्थानिय पत्रकार रमित बिकले वताए।

पहिरोबाट अन्य पाँच जना पनि घाइते भएकोमा ९० बर्षीय जंग चदाराको अबस्था गम्भिर रहेको स्थानियले वताएका छन्। उनको गौमुल गाँउपालिकाको शहरी स्वास्थ्य इकाइमा उपचार भइरहेको छ। प्रमुख जिल्ला अधिकारी गंगा प्रशाद न्यौपानेका अनुसार घटनास्थलमा राती नै प्रहरी खटाइए पनि अहिले सम्पर्क हुन सकेको छैन्। 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस