सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा छ्यापछ्याप्ती नक्कली नोट, एक जना पक्राउ

२०७६ साउन १६, ०९:१० खबर संवाददाता

धनगढीमा छ्यापछ्याप्ती नक्कली नोट भेटिन थालेको छ। केही दिन अगाडि धनगढीको पिपल चौतारा स्थित तरकारी पसलमा नक्कली नोट भेटीएकोमा आज धनगढीमा नक्कली नोट सहित एकजना पक्राउ परेका छन। कैलारी गाउँपालिका वडा नम्बर ५ का ३४ वर्षीय छेदुराम डगौरा चौधरी पक्राउ परेका हुन। विहिबार साढे सात बजेको समयमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

चौधरीले धनगढी उप–महानगरपालिकाको वडा नम्बर १ स्थीत सेती अस्पतालको फार्मेसीमा एक अपरिचित व्यक्तिलाई एक हजारका १७ नक्कली नोट दिएर पाँच सय दरका नोट सटहि गरि लगेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी कार्य सुरु गरेको थियो। हुलियाको आधारमा चौधरीलाई प्रहरीले उप–महानगरपालिकाकै वडा नम्बर १ बाट प्रक्राउ गरेको हो। चौधरीको साथ बाट एक हजारका थप ४ वटा सहित २१ वटा नक्कली नोट बरामत गरिएको प्रहरीले जनाएको छ। खोटा चलान शिर्षकमा अदालतबाट म्यादथप गरि थप अनुसन्धान भईरहेको छ।

कमेन्ट लोड गर्नुस