सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा राहत वितरणको विवाद: छानविन समिति गठन

२०७६ साउन १६, ०७:१२ कमल सावद

वास्तविक हावाहुरी पीडितले राहत नपाएको आरोपपछि धनगढी उप–महानगरपालिकाले छानबिन समिति गठन गरेको छ। उप–महानगरपालिकाको वडा नम्बर १२ जुगेडाका वास्तविक पीडितले राहत नपाएको र गैर पीडितले राहत पाएको आरोप लगाएपछि आज भएको छलफलपछि छानविन समिति गठन गरिएको हो। उप–महानगरपालिकाले वडा नम्बर १२ का अध्यक्ष गणेशराज जोशीको संयोजकत्वमा छानबिन समित गठन गरिएको हो।
अध्यक्ष संयोजक र आन्दोलनमा रहेको संर्घष समितिबाट सदस्य रहेने गरि छानबिन समिति गठन गरिएको उप–महानगरपालिकाको राहत वितरण समितिका संयोजक प्रेम विकले जानकारी दिए। समितिले वास्तविक पीडित र गैर पीडितको बारेमा छानबिन गर्ने जनाएको छ। यस्तै आज भएको छलफलमा कुटपिटबाट घाईते महिलाहरुको उपचार नगरपालिकाले गर्ने र महिलामाथी कुटपिट गर्नेहरुलाई कारवाही गर्ने पनि सहमती भएको छ। बुधवार मात्रै राहतको माग गर्दै धनगढी आउने क्रममा जुगेडाका महिलाहरुमाथि कुटपिट भएको थियो। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस