सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल विश्वकपमा

२०८२ असोज २९, ०४:५४ खबर संवाददाता

काठमाडौँ : नेपाल र ओमानले २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेका छन्।

ओमानमा जारी एसिया, इस्ट एसिया क्षेत्र विश्वकप छनोट प्रतियोगितामा शीर्ष दुईमा रहने पक्का भएसँगै नेपाल र ओमान विश्वकपमा पुगेका हुन्। नेपाल लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक विश्वकपमा पुगेको हो।

नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो। त्यसपछि सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा भएको विश्वकपमा नेपाल सहभागी भएको थियो।

ओमान अहिले सुपर सिक्सका खेलहरू चलिरहेका छन्। नेपालले सुपर सिक्समा लगातार दुई खेल जितेर चार अंक बटुलेको थियो भने समूह चरणमा विजेता रहँदै दुई अंक पाएको थियो । त्यसअनुसार नेपालको ६ अंक पुगेको छ।

अब सुपर सिक्समा रहेका तीनवटा टिमहरूको मात्र ६ अंक पुग्नसक्ने समीकरण बनेको छ। शीर्ष तीन टिम विश्वकपमा पुग्ने भएकाले नेपाल र ओमानले आफ्नो स्थान पक्का गरेका हुन्।

बुधवार कतारले जापानलाई पराजित गरेपछि नेपाल र ओमान ६ अंकसहित छनोटमा सुरक्षित भएका हुन्। नेपालले बुधवार ओमनसँग खेल्दै छ भने शुक्रवार सामाओसँग खेल्नेछ। ओमानले शुक्रवार नै जापानसँग खेल्नेछ। सुपर सिक्समा कतारले ३ खेल खेल्दा २ अंक बुटुल्यो र उसले अब एउटा खेल खेल्न बाँकी छ।

नेपालले अब सुपर सिक्समा ओमान र सामाओसँग खेल्नेछ। प्रतियोगिताको उपाधि जित्न बुधबार ओमानसँगको खेल निर्णायक हुने देखिन्छ।

विश्वकपमा छनोट हुनका लागि तेस्रो टिमको टुंगो सुपर सिक्सका बाँकी खेलहरूमा भर पर्नेछ । तेस्रो टिमका लागि यूएई, जापान, सामोआ र कतारबीच प्रतिस्पर्धा छ। यसमध्ये यूएईको सम्भावनामा धेरै छ।

किनकि उसले समूह चरणबाटै दुई अंक ल्याएको थियो। तर सुपर सिक्समा नेपाल र ओमानसँग पराजित भएको छ। आज जापानसँग खेलिरहेको छ। यो जित निकाले उसको चार अंक हुनेछ । त्यसपछि जापानसँग खेल्नेछ।

 

कमेन्ट लोड गर्नुस