सुदूर नेपाललाई विश्वसँग जोड्दै

गैर पीडितलाई राहत दिएको भन्दै धनगढी उप–महानगरपालिका घेराउ

२०७६ साउन १६, ०५:११ खबर संवाददाता

गैर पीडितलाई राहत दिएको भन्दै धनगढी उप–महानगरपालिकाको कार्यालय घेराउ गरिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर १२ जुगेडाका हावाहुरी पीडितहरुले उप–महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन्। जुगेडाबाट बिरोध ¥याली सहित आएका पीडितहरुले गैर पीडितलाई राहत दिएको भन्दै उप–महानगरपालिकाको बिरोधमा नारावाजी सहित कार्यालय घेराउ गरेका हुन्। जनप्रतिनिधिको बदमासीका कारण गैर पीडितले राहत पाएको र वास्तविक पीडितहरु अहिले पनि बिचल्लीमा परेको जुगेडाका जग्गी प्रसाद चौलागाईले बताए। प्रदेश सरकारले पठाएको राहत रकम उप–महानगरपालिकाले मनोमानी रुपमा वितरण गरिरहेको उनको आरोप छ। 

वडा नम्बर १२ का अध्यक्ष गणेशराज जोशीले युवा परिचालन गरि महिलामाथि हातपात गरेको चौलागाईले बताए। ‘चार दिनदेखि हामी आन्दोलनमा छौ,‘ चौलागाईले भने, ‘वडा अध्यक्षलाई कार्यालयमा सहमतीका लागि बोलायौ, आउनु भएन्।’  वास्तविक पीडितले राहत नपाएको तर राजनीतिक पहँुच भएकाहरुले राहत लिएको उनीहरुले आरोप लगाउँदै आएका छन्। क्षतीको मुल्याकन विना राहत वितरण गरिएको उनीहरुको गुनासो छ। इता उप–महानगरपालिकाका मेयर नृप वडले भने वडा कार्यालयबाट आएको क्षतीको विवरण अनुसार नै राहत वितरण भईरहेको बताए। 

उप–महानगरपालिकाको विपद व्यवस्थापन कोषमा रकम रहेको जानकारी दिदै उनले सो रकमबाट बाँकी पीडितहरुलाई वितरण गर्ने बताए। 
 

कमेन्ट लोड गर्नुस