सुदूर नेपाललाई विश्वसँग जोड्दै

हावाहुरी पीडितलाई तत्काल राहत वितरण गर्न विप्लव समूहको आग्रह

२०७६ साउन १६, ०४:०३ खबर संवाददाता
गत जेठ २३ को हावाहुरीले विचल्लीमा परेका परिवारहरुलाई तत्काल राहत वितरण गर्न नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आग्रह गरेको छ। हावाहुरी चलेको दुई महिना पुग्दै लाग्दा समेत पीडित परिवारले राहत नपाएको भन्दै प्रदेश र स्थानीय सरकारलाई तत्काल राहत वितरण गर्न आग्रह गरिएको हो। विहिवार एक प्रेस विज्ञप्ती जारी विप्लव समूहले यस्तो आग्रह गरेको हो।  एरिया समिति धनगढीका ईन्चार्ज रामसिं र सचिव हिरालालद्वारा हस्ताक्षरित विज्ञप्तीमा बुधबार अर्थात साउन १५ गते धनगढी वडा नम्बर १२ का पीडित परिवारमाथि गुण्डा प्रयोग गर्दैै दमन गरेको तथा वास्तविक पीडित परिवारको नाम सूची बाट हटाएर जनविरोधी कार्यलाई प्रसय दिएको उल्लेख गरिएको छ। साथै एक हप्ता भित्र पीडित महिलामाथि हातपात गर्नेलाई कारवाही र वास्तविक पीडित परिवारलाई राहत वितरण प्रदान नगरे त्यसको परिणाम सम्बन्धित पक्षले नै लिनुपर्ने चेतावानी विज्ञप्ती मार्फत दिईएको छ। 
कमेन्ट लोड गर्नुस