सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट करिब २५ हजार मूल्यको भन्सार छलीको सामान बरामद

एआइ प्रविधिबाट निर्मित तस्विर
एआइ प्रविधिबाट निर्मित तस्विर
२०८२ असोज २६, ०९:३९ खबर संवाददाता

धनगढी: कैलालीको धनगढी-३ बडहराबाट प्रहरीले भन्सार छलीको सामान बरामद गरेको छ।

शनिवार भारतबाट भन्सार छली गरेर ल्याइएको २४ हजाए ७५० मूल्य बराबरको सामान बरामद भएको कैलाली प्रहरीले जनाएको छ।

त्रिनगर प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले बच्चाको सेण्डिल, कम्मरको बेल्ट, सुट, प्लाजु सेट, धोती र सुर्ती लगायतको सामान बरामद गरेको हो। उक्त सामान बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस