सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लव समुहद्धारा धनगढीमा रहेको एनसेल टावरमा आगजनी

२०७६ साउन १६, ०७:२६ खबर संवाददाता

विप्लव समुहले धनगढीमा रहेको एनसेल टावरमा आगजनी गरेको छ। धनगढी उप–महानगरपालिको वडा नम्बर ६ जालीमा रहेको एनसेल टावरमा आगजनि गरिएको हो। प्रहरीका अनुसार बुधबार राती सवा १२ बजेको समयमा आगजनी गरिएको हो। गेटको ताला काटेर टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दक्ष कुमार वस्नेतले बताए। आगजनी बाट टावरका व्याट्रीहरु जलेका छन। विप्लव समुहले अगजनी गरेको आसंका गरिएको भएपनि प्रहरीले भने पुष्टी गरेको छैन।

कमेन्ट लोड गर्नुस