सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचन भएको दुई वर्ष सम्म कैलालीका १३ सय उम्मेदवारले खर्च विवरण बुझाएनन्

२०७६ साउन १५, ०६:१० रोशन भट्ट

स्थानीय तहका निर्वाचन भएको दुई बर्ष र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भएको दुई वर्ष पुग्नै लाग्दा पनि कैलालीका १३ सय बढि उम्मेदवारले अझै निर्वाचनमा लागेको खर्च विवरण नबुझाएको पाईएको छ। निर्वाचनमा लागेको खर्च नबुझाउनेमा स्थानीय तहका विभिन्न पदका उम्मेदवार, प्रदेशसभा सदस्य र प्रतिनिधीसभा सदस्यका उम्मेदवार रहेका छन्।

२०७४ सालको असार १४ गते सम्पन्न भएको स्थानीय, प्रदेश र प्रतिनिधीसभाको चुनावमा उम्मेदवारी दिएका एक हजार तीन सय ३७ जनाले अझै खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय कैलालीले जनाएको छ। कार्यालयका प्रमुख निर्वाचन अधिकृत प्रेमराज भट्टले हाल सम्म स्थानीय तहका १३ सय एक, प्रदेश सभाका २४ तथा प्रतिनिधी सभाका १२ जना उम्मेदवार खर्च विवरण नबुझाएको जनाए।

कैलालीमा १३ स्थानीय तह, १० प्रदेश सभा तथा पाँच प्रतिनिधी सभाको लागी तीन हजार पाँच सय ६६ जनाको उम्मेद्वारी परेको थियो। जसमा स्थानीय तहमा तीन हजार चार सय ४७, प्रदेश सभाको लागि ७६ र प्रतिनिधी सभाको लागि ४३ उम्मेदवारी परेको थियो।

विगतमा निर्धारित समय भित्र निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई स्पष्टीकरण सहित निश्चित जरिवाना तिर्न लगाउने प्रवधान रहेको थियो तर अब भने अर्को निर्वाचनमा उम्मेदवार बन्न नपाउने गरी कारवाही गरिने सम्भावना रहेको निर्वाचन आयोगले जनाएको छ।   

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस