सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चेक अनादरका घटनामा दोब्बरले बृद्धि

२०७६ साउन १५, ०१:१८ खबर संवाददाता

कैलालीमा चेक अनादरका घटना दोब्बरले बढेका छन्। मिटर ब्याजको समस्या बढ्दै गएपछि यस्ता घटना बढेका हुन्। चेक अनादरका घटना बढे संगै न्यायका लागि अदालत पुग्नेहरु पनि बढेका छन्। आर्थिक बर्ष २०७४÷०७५ मा एक सय पाँच चेक अनादरका मुद्दा कैलाली जिल्ला अदालतमा दर्ता भएकोमा गत आर्थिक बर्षमा त्यो संख्या बढेर २ सय ५३ पुगेको छ।

तर, चेक अनादरका मुद्दा फर्च्यौट भने सुस्त छ। आर्थिक बर्ष २०७४/०७५ मा दर्ता भएका मध्ये १९ मुद्दा मात्रै फच्र्योट भएपछि गत आर्थिक बर्षका लागि मुद्दाको भार थपिएको थियो। गत आर्थिक बर्षमा एक सय ५४ मुद्दा मात्रै फर्च्यौट भएको जिल्ला अदालत कैलालीका तहसिलदार नरबहादुर नेगीले बताए।

यी घटनाहरुले बैंक खातामा रकम नरहेको भन्ने थाहा हुँदाहुदै चेक काटेर दिने र बैंकको समेत अपमान गर्ने क्रम बढेको देखिएको छ। करोडौंका कारोबारमा समेत सामान्य सजाय गरिएको हुँदा यस्ता घटना बढेको धेरैको बुझाई छ। तहसिलदार नेगीले चेक अनादरका मुद्दामा ३ हजार रुपैयाँ जरिवाना र तीन महिनासम्म कैदको व्यवस्था गरिएको बताए। सुदूरपश्चिममा वित्तिय साक्षरताको कमीले चेक अदादनर बढेको बैंकर्सहरु बताउछन्। 
 

कमेन्ट लोड गर्नुस