सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक वर्षमा परिवारकै सदस्यबाट नौ जनाको हत्या

फाईल फोटो
फाईल फोटो
२०७६ साउन १५, ०९:०० खबर संवाददाता

कैलालीमा एक वर्षको अवधीमा परिवारकै सदस्यबाट नौ जनाको हत्या भएको छ। जिल्लामा आफ्नै जन्म दिने आमा–बुबा तथा श्रीमानले श्रीमती र श्रीमतीले श्रीमानको गरी नौ जनाको हत्या भएको हो। भागवण्डा, माया प्रेम तथा रिसको आवेगमा आएर आफ्नै परिवारका सदस्यको हत्या हुने क्रम बढेको हो। गत आइतबार राति मात्रै कैलालीको गोदावरी नगरपालिका– ५, बरबट्टामा छोराले चिर्पटले हानेर बुबाको हत्या गरे। अंशवण्डाको विवादमा ३० वर्षीय रामबहादुर कुमालले चिर्पटले हान्दा ६० वर्षीय उनकै बुबा अम्मरसिंह कुमालको मृत्यु भएको हो। 

यस्तै, साउन ६ गते घोडाघोडी नगरपालिका– ११, सिसैयाका ५५ वर्षीय उदय राउतले धारिलो हतियार प्रहारबाट आफ्नै बुबाआमाको हत्या गरे। उनले ७५ वर्षीय बुबा काल्चे रावत र आमा नन्दा रावतको हत्या गरेका हुन्। मादक पदार्थ सेवन गरेर उनले आमाबुबाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए। गत मंसिर ३१ गते लम्की चुहा नगरपालिकाको बलियामा जहरलाल चौधरीले ६० वर्षीय बुबा पल्टु थारू र ५० वर्षीय काका चनक थारूको हत्या गरे। उनले अंशवण्डामा कुरा नमिल्दा हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

यस्तै, गत असोज ६ गते टीकापुर नगरपालिका–कालिमाटीमा बुबाले छोराको हत्या गरेका थिए। ८३ वर्षीय पहले लुहारले धारिलो हतियार प्रयोग गरी आफ्नै ५२ वर्षीय छोरा कृते लुहारको हत्या गरेका थिए। गत कात्तिक १७ गते गोदावरी नगरपालिका– ७, लालपुरकी ३९ वर्षीय हिरादेवी नागरीको उनकै श्रीमान् विजय नागारीले हत्या गरिन्। गत भदौ २९ गते गोदावरी नागरपालिका– १०, दमौराकी तुलसी फुलारा भट्टको उनकै श्रीमान् प्रशान्त भट्टले हत्या गरे। त्यस्तै, गौरीगंगा नगरपालिका– ६ की निर्मला साउदलाई उनकै श्रीमान् लालबहादुर साउदले हत्या गरे।
 

कमेन्ट लोड गर्नुस