धनगढीबाट ६५ हजार नगद सहित १३ जना जुवाडे पक्राउ
धनगढीमा एकै होटलका दुई कोठावाट १३ जना जुवाडे पक्राउ परेका छन्। आज दिउसो धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क स्थित चन्द्रकिरण डोटी कुवर होटलको दुई वटा कोठामा जुवातास खेलीरहेको अवस्थामा १३ जनालाई पक्राउ गरिएको हो। उनीहरुलाई पैसठ्ठी हजार छ सय साठी नगद, चार गड्डी तास सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ। डोटीको पुर्वीचौकी गाउँपालिका ४ बस्ने तारा कुवंर, वडा नम्वर १ बस्ने रतन श्रीमाल, वडा नम्वर ४ बस्ने कृष्ण खडका, धनगढी उप–महानगरपालिका ५ बस्ने राज जोशी, वडा नम्वर ४ का रबिन्द्र खडका, वडा नम्वर १ का रुपराज जोशी पक्राउ परेका हुन्।
यस्तै धनगढी वडा नम्वर ३ बस्ने कृपाराम रेग्मी, वडा नम्वर २ का रामकृष्ण कुवर, वडा नम्वर ४ का लाल बहादुर खडका, वडा नम्वर १ का धन बहादुर कुवर, वडा नम्वर ४ का नन्दसिंह खडका, वडा नम्वर २ बस्ने जय खडका र मदन स्वारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्ष दक्ष कुमार बस्नेतले बताए। १३ जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १ सय २५ बमोजिम कारबाहीको लागि हिरासत राखि अनुसन्धान भईरहेको उनले बताए।