सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

२०७६ साउन १४, ०६:३९ खबर संवाददाता

कैलालीको टीकापुरमा मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्वर १ का १६ बर्षीय सौगात पौडेलको से ५ प ८५०५ नम्वरको मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। आँफै अनियन्त्रीत भएर टिकापुर नगरपालिका १ वन कार्यालय नजिक दुर्घटना हुँदा मोटरसाईकलमा सवार स्थानीय २० बर्षीय पुरन साउदको मृत्यु भएको हो।  

मोटरसाईकलमै सवार सोही ठाउँका १९ बर्षीय योगेश मल्ल घाईते भएका छन्। मल्लको टीकापुर अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष बस्नेतले बताए। मोटरसाईकल चालक साउद र मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ।
 

कमेन्ट लोड गर्नुस