काँग्रेसले यो वर्ष चियापान कार्यक्रम नगर्ने
काठमाडौः नेपाली काँग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम यो वर्ष नगर्ने भएको छ।
२०३३ सालमा बिपी कोइराला निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ का साथ स्वदेश फर्केपछि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो।
काँग्रेस केन्द्रीय कार्यालयले आज विज्ञप्तिमार्फत पछिल्लो राजनीतिक घटनाक्रमसँगै नागरिकहरू शोकमा रहेका तथा पार्टी कार्यालयमा आगजनी भएकाले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने जनाएको हो।