सुदूर नेपाललाई विश्वसँग जोड्दै

मार्तडी–कोल्टी सडक अवरुद्ध भएको चार महिनापछि सुचारु

। फोटो स्रोत ।
२०८२ असोज ११, ०२:५४ खबर संवाददाता

बाजुराः बाजुराको मार्तडी–कोल्टी सडक चार महिनापछि पुनः सुचारु भएको छ। भौतिक पूर्वाधार विकास कार्यालय अछामले मर्मतको काम सुरु गरेसँगै सडक पुनः सुचारु भएको हो।

पालिकालाई समन्वय गरेर विगत चार महिनादेखि अवरुद्ध भएको सो सडक दसैँ अगावै सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ। मार्तडी कोल्टी सडक अवरुद्ध हुँदा जिल्लाको पुर्विउत्तर क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दा नगरपालिकाका स्थानीयले जेठदेखि असोजसम्म मार्तडी आउन जान निकै सास्ती खेप्दै आउनु परेको थियो।

यती बेला सो सडक सुचारु भए पनि भने यहाँका स्थानीयलाई दसैँ तिहारमा गाउँमा आउव जावत गर्न निकै सहज भएको छ। विगत चार महिनादेखि अवरुद्ध सडक बल्ल सुचारु भए पनि यती बेला कोल्टीदेखि जिप मार्तडीमा आउजाउ भएको छन्। पानी पर्न नरोकिएकै कारण मार्तडी–कोल्टी सडक मर्मत गर्न सकेको थिएन। यती बेला पानी राकिएकोले मर्मत सम्भारको काम सुरु गरेसँगै बाटो सुचारु भएको भौतिक पूर्वाधार विकास कार्यालय अछामका जङ्गबहादुर थापाले बताए।

पालिकाले प्रति घण्टा डोजर चलाए वाफत सात हजार पाँच सय भनेको छ। तर नेपाल सरकारको प्रचलित दर रेट अनुसार चार हजार ७४१.९३ का दरले डोजर प्रयोग गरेवाफत रकम दिने थापाले बताए।

मार्तडीदेखि कोल्टीसम्म झण्डै ४२ किलोमिटर मात्र सडक पर्छ। यसमा झण्डै १४ किलोमिटर बडीमालिका नगरपालिकाकै क्षेत्रमा पर्छ। यता बुढीनन्दा नगरपालिकाको क्षेत्रमा २८ किलोमिटर पर्छ। बर्खाको पानीले यो सडक तहस नहस पारेपछि यहाँ चल्ने सवारी साधन विगत चार महिनादेखि मार्तडीमै रोकिएका थिए।

गत जेठको अन्तिमदेखि जिल्लीमा गएको पहिरोले सडक अवरुद्ध पारेको थियो। पानी पर्दै गरेका कारण त्यहाँ सफा गर्न सकिएको थिएन। यती बेला यहाँका बुढीनन्दा बडीमालिका र भौतिक पूर्वाधार विकास कार्यालय अछामलाई दशै अगावै बाटो सुचारु गर्ने गरी पहल गर्दै आएपपछि बल्ल सडक सुचारु भएको बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले बताए।

 

कमेन्ट लोड गर्नुस