सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशका अधिकांश भागको मौसम सफा रहने पूर्वानुमान

२०८२ असोज १०, ०७:२५ खबर संवाददाता

काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको छ भने स्थानीय वायुको आंशिक प्रभाव परेको छ।

साथै देशका अधिकांश भागको मौसम सफा रहने छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशलगायत देशको पहाडी भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कमेन्ट लोड गर्नुस