सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटामा बाघ संरक्षणमा चुनौती

२०७६ साउन १४, ०१:४० जनक विष्ट

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सन् २००९ मा १० वटा बाघ रहेकोमा अहिले बढेर बाघको सङख्या १६ पुगेको छ। जुन संख्ष्या सन् २०१३ को भन्दा एकले कम हो। सन् २०१३ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरिएको गणना अनुसार १७ वटा बाघ रहेका थिए तर पछिल्लो पटक सन् २०१८ मा गरिएको गणनाले १६ वटा बाघ मात्रै रहेको देखाएको छ। जसमा ९ वटा भाले बाघ र ७ वटा पोथी रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत गौराज बहादुर लिम्बुले बताए। 

विश्वमा बाघ पाइने देशहरुको सन् २००९ मा भएको सम्मेलनले सन् २०२२ भित्र बाघको संख्या दोब्बर बढाउने प्रतिबद्धता अनुसार नेपालमा पनि सरकारले बाघको संख्या अहिलेको भन्दा दोब्बर बढाउने लक्ष्य लिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकु्ञ्जले पनि सोही लक्ष्य अनुसार संरक्षणका कार्यक्रम गर्दै आएको जनाएको छ। तर चोरी सिकारी नियन्त्रणसंगै मानव र वन्यजन्तुबिचको द्धन्द्ध व्यवस्थापन गर्न नसक्दा संरक्षणमा चुनौती देखिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत लिम्बुले बताए। 

२०३१ सालमा स्थापना भई वन्तजन्यु आरक्ष हुँदै निकुञ्ज भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तीन सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। निकुञ्ज आसपासमा बसोबास गर्दै आएका तत्कालीन आरक्ष पीडितहरुको सरकारले अझै उचित व्यवस्थापन गर्न सकेको छैन्। त्यसले पनि वन्यजन्तु संरक्षणमा चुनौती थपेको वन तथा वन्यजन्तुको क्षेत्रमा काम गर्दै आएकाहरु बताउँछन्। अर्कोतीर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका लागि उचित बासस्थानको समेत अभाव रहेकाले क्षेत्रफल विस्तार गर्नुपर्ने आवश्यकता रहेको  विश्व वन्यजन्तु कोष डब्लुडब्लु एफ नेपालका कार्यक्रम निर्देशक शिवराज भट्टको भनाई छ। 

बाह्रसिंगाका लागि प्रसिद्ध शु्क्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगली हात्ती, एकसिंङ्गे  गैडा, पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिंगा, जरायो, चित्तल, लगुना जस्ता स्तनधारी जनावर सुंरक्षण गरिएका छन्। रैथाने र बसाई सरी आउने गरी झण्डै साढे चार सय भन्दा बढी प्रजातीका चराचुरुङ्गीहरू पनि शुक्लाफाटा पाईने निकुञ्जले बताउँदै आएको छ। ती वन्यजन्तु अवलोकनका लागि पुग्ने आन्तरिक र बाह्य पर्यटकको रोजाईमा पछिल्लो समय बाघ धेरै पर्ने गरेको अधिकारीहरुले बताएका छन्। निकुञ्जमा बाघको संख्या बृद्धि गर्न सके पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस