सुदूर नेपाललाई विश्वसँग जोड्दै

कतारमा रहेका नेपालीहरुलाई कार्यरत कम्पनी नछोड्न दुतावासको आग्रह

। फोटो स्रोत ।
२०७६ साउन १४, १२:५८

नेपाली दूतावास कतारले आफूखुशी या कसैको उक्साहटमा परेर आफू कार्यरत कम्पनी नछोड्न त्यहाँ कार्यरत नेपालीलाई सचेत गराएको छ। कम्पनी छोडेर अलपत्र पर्नेहरुको संख्या बढेको भन्दै दूतावासले सूचना निकालेर सचेत गराएको हो। दूतावासका अनुसार पछिल्ला दिनमा कम्पनी छोडेपछि काम नपाएको र अलपत्र परेको भन्दै उद्धारको लागि आउने क्रम बढेको छ।

राम्रो तलब सुविधाको आश्वासन पाएर आफू कार्यरत कम्पनी छोड्ने र नयाँ कामको लागि थप पैसा पनि तिर्ने गर्दा अलपत्र पर्ने सम्भावना हुने दूतावासको भनाई छ। त्यसैले पर्याप्त र ठोस आधारबिना आफू कार्यकरत कम्पनी नछोड्न दूतावासले कतारमा कार्यरत नेपालीलाई आग्रह गरेको छ। 

कमेन्ट लोड गर्नुस