कञ्चनपुरबाट २ लाख बढीका भन्सार छलीका सामान बरामद
कञ्चनपुर: कञ्चनपुरबाट २ लाख ५ हजार १४० मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपपालिका–११ गड्डाचौकीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सो मूल्य बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यका इलेक्ट्रोनिक, कस्मेटिक, हार्डवेयर, किराना लगायतका सामान बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले सो सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।