सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानमा विमान दुर्घटना : १७ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ साउन १४, ११:१२

पाकिस्तानमा सेनाको विमान दुर्घटना हंदा १७ जनाको मृत्यु भएको छ। रावलपिण्डीको आवासीय क्षेत्रमा विमान दुर्घटना हुँदा १२ जना सर्वसाधारण र ५ जना चालक दलका सदस्यसहित १७ जनाको मृत्यु भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्।

विमान दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। तालिमको क्रममा रहेको सेनाको सानो विमान आवासीय क्षेत्रमा मंगलबार बिहान दुर्घटनाग्रस्त भएको हो। विमान आवासीय क्षेत्रमा खसेका कारण धेरै क्षति भएको स्थानीय प्रशासनले जनाएको छ। 

दुर्घटनाको कारण भने नखुलेको र अहिले उद्धारको काम भैरहेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। आवासीय क्षेत्रमा विमान खसेपछि केही घरहरुमासमेत आगलागी भएको छ। राजधानी इस्लामाबाद नजिकै रहेको रावलपिण्डीमा पाकिस्तानी सेनाको मुख्यालय रहेको छ।

कमेन्ट लोड गर्नुस